कांग्रेस संस्थापनइतरको बैठक सकियो, साझा उम्मेदवार बनाउन कसरत

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १९ : ४९
कांग्रेस संस्थापनइतरको बैठक सकियो, साझा उम्मेदवार बनाउन कसरत

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर नेताको बैठकले आसन्न महाधिवेसनमा साझा उम्मेदवार बनाउने कसरत गरेको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा रामशरण महत, सुजाता कोइराला, डा शेखर कोइराला, बलबहादुर केसीको सहभागिता रहेको छ । बैठकले विभिन्न हाँगामा छरिएका रहेका संस्थापनइतर गुटहरुबीच एकता कायम गरेर जाने अनौपचारिक समझदारी भएको छ ।

नेता अर्जुननरसिंह केसीले संस्थापनइतरबाट एक जना मात्रै सभापतिका उम्मेदवार उठाउने गरी सकारात्मक छलफल भएको बताए । नेतृ सुजाता कोइरालाले सहमति हुनेमा आफू विश्वस्त रहेको बताइन् । उनले भनिन् ‘जो भए पनि एकजना उम्मेदवार हुन्छ । हार्दिकताका साथ छलफल भएको छ ।’


 

प्रतिक्रिया दिनुहोस