अमेरिकाबाट १५ लाख डोज खोप सोमबार आइपुग्ने

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १९ : २६
अमेरिकाबाट १५ लाख डोज खोप सोमबार आइपुग्ने

काठमाडौं । अमेरिकाबाट १५ लाख डोज खोप यसैसाता काठमाडौँ आइपुग्ने भएको छ । अमेरिकाले कोभ्याक्सन कार्यक्रमअन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप आगामी सोमबार काठमाडौं आइपुग्ने भएको हो ।

काठमाडौंस्थित अमेरिकी दूताबासले पनि अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहारमा खोप आउन लागेको जनाएको छ । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ ।

प्रतिक्रिया दिनुहोस