थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता ओलीलाई हृदयाघात

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १९ : १०
थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता ओलीलाई हृदयाघात

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई हृदयाघात भएको छ। शुक्रबार हृदयाघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रको आकस्मिक कक्षमा पुर्‍याइएको छ।

नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम विस्फोटमा गराएको अभियोग लागेका ओली पुर्पक्षका लागि थुनामा रहेकै अवस्थामा हृदयाघात भएको हो। २०७५ फागुन १० मा नख्खुमा भएको बम विस्फोटको जिम्मेवारी उनले लिएका थिए।

विप्लव समूहले सरकारसँग सबै बन्दीलाई रिहा गर्ने सहमति गरे पनि अदालती प्रक्रियाका कारण उनी छुट्न सकेका छैनन्। सूगर तथा मुटुरोगबाट पीडित ओलीको शुक्रबार जन्म दिन पनि हो।

प्रतिक्रिया दिनुहोस