कारको ठक्करबाट बाबु घाइते, पाँच वर्षका छोराको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १७ : ४१
कारको ठक्करबाट बाबु घाइते, पाँच वर्षका छोराको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका ३ झुरझुरेस्थित पूर्वपश्चिम राजमार्गमा कारले एकसाथ दुई स्कुटरलाई ठक्कर दिएको छ । ठक्करबाट एक स्कुटरमा सवार बाबु घाइते भएका छन् भने पाँच वर्षको छोराको उपचारको क्रममा मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गमा भण्डाराबाट हेटौंडातर्फ जाँदै गरेको बा १९च ७९८६ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको  प्रदेश ३ ००३प ६८८८ नम्बरको स्कुटर  र प्रदेश नम्बर ३–००२प ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

कारको ठक्करबाट प्रदेश ३–००२प ६४८३ नम्बरको स्कुटर चालक  चितवन खैरहनी–१२ वस्ने वर्ष ३५ को राजकुमार अधिकारी दाहिने  खुट्टा र मुखमा चोट लागेको छ भने अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ । राजकुमारकै छोरा वर्ष ५ को आरुस अधिकारीको  उपचारको क्रममा मृत्यु भएको छ । 

यस्तै, कारको ठक्करबाट अर्को स्कुटर स्कुटर चालक जिल्ला चितवन रत्ननगर १५ वस्ने वर्ष १८ को निशान भट्टराई सामान्य घाइते भएका छन् । प्रदेश ३–००३प ६८८८ नम्बरको स्कुटरको पछाडी सवार वर्ष २० को सन्तोष पोखरेलको अवस्था मध्यम रहेको छ । 

प्रतिक्रिया दिनुहोस