वन्यजन्तु आक्रमणबाट ज्यान गुमाएका परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ति

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १६ : १२
वन्यजन्तु आक्रमणबाट ज्यान गुमाएका परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ति

चितवन । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाको आयोजनामा वन्यजन्तु आक्रमणमा परी ज्यान गुमाएका परिवारका विद्यार्थीहरुलाई  छात्रवृत्ति वितरण गरिएको छ ।

कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने १७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । दाताहरुको सहयोगमा वार्षिक प्रति विद्यार्थी ३० हजार छात्रवृत्ति वितरण गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख बाबुराम लामिछानले बताए । यो छात्रवृत्ति वर्षको दुई पटक दिने गरिन्छ ।

नयाँ शैक्षिक सत्रको सुरुमा १५ हजार र शैक्षिक सत्र सकिने बेला १५ हजार दिने गरिएको प्रमुख लामिछानेले बताए । वन्यजन्तुले गरेको मानवीय क्षतिमा सानो सहयोग स्वरुप साना नानीबाबुलाई अभिभावकको अभावमा शिक्षा पाउनबाट बञ्चित नहोस भन्ने उद्देश्य छात्रवृत्ति प्रदान गरिएको प्रमुख लामिछानेको भनाइ छ ।

यस कार्यक्रमलाई आगामि दिनहरुमा पनि निरन्तरता दिने उनको भनाइ छ । त्यस्तै चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको माडीको अयोध्यापुरी र पाँच पाण्डव उपभोक्ता समितिको कार्यक्षेत्रमा पनि ३० जना वन्यजन्तुपीडित परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिदै आएको छ । कक्षा अनुसार प्रतिविद्यार्थी ६ देखि १० हजार राशीको छात्रवृत्ति दिँदै आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाले स्थापना गरेका १२ लाख ६६ हजारको अक्षय कोषबाट आएको व्याज रकमबाट छात्रवृत्ति प्रदान गरिएको रेन्जर ऋषिराम सुवेदीले जानकारी दिए  । 

त्यस्तै पर्सा राष्ट्रिय निकुञ्जको सुवर्णपुर क्षेत्रमा ६८ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी वार्षिक १ हजार ५ सय का दरले छात्रवृत्ति दिंदैआएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाले नै स्थापनाको गरेका १२ लाख ६६ हजार को अक्षय कोषबाट आएको व्याज रकमबाट छात्रवृत्ति प्रदान गरिएको रेन्जर सुवेदीले बताए ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका पुर्व  प्रमुख तथा संरक्षणकर्मी रामकुमार अर्याल, चितवन राष्ट्रिय निकुञ्ज पुर्वी सेक्टर सौराहाका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले मानव र वन्यजन्तुको असमझदारीका कारण दुर्घटना बढेको बताउंदै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनीकरणका लागि पहल गर्न निकुञ्जका साथै समुदायले पनि उत्तिकै पहल गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस