कार दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १३ : २२
कार दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्यु

काठमाडौं । नेकपा एमालेका युवा नेता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महतरा प्रसाईका श्रीमान ज्ञानु प्रसाइको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना हुँदा सवारी दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु को मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्डको वालमा प्रसाईं सवार कार बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा परी बायाँ खुट्टा तथा शरीरको भित्री भागमा चोट लागि गम्भीर घाइते सवारी दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु को उपचारको क्रममा सवा १२ बजे मेची अस्पताल भद्रपुरमा निधन भएको थापाले बताए । दुर्घटनाबाट कारको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस