काठमाडौं । गाडी भित्रै यौनजन्य अवैध क्रियाकलाप गर्ने गतिविधी पछिल्लो समय विदेशमा जस्तै नेपालमा पनि बढदै गएको छ । यस्तै एक घटना सार्वजनिक भएको छ ।
त्यो पनि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको फेला परेको छ । सो कार्यमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।
प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका(७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु यौन कार्य गर्दा गर्दै पक्राउ परेका हुन् । प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले गस्तीको क्रममा गाडीभित्र निर्वस्त्र अवस्थामा एक महिला र पुरुषहरुलाई देखेका थिए । उनीहरु गाडीभित्रै यौन क्रियाकलापमा संलग्न रहेका थिए । यौन कार्यमा मन्त्रालयकै कर्मचारी थिए वा अन्य प्रहरीले खुलाएको छैन । नेपालमा गाडी भित्र यौन कार्यमा संलग्न जोडी पक्राउ परेको यो पहिलो घटना भने होइन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असार २०७८, ११ : १०
लेखकबाट थप