८ लाख डोज चिनियाँ भेरासेल खोप नेपाल आईपुग्यो

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, ०९ : ४८
८ लाख डोज चिनियाँ भेरासेल खोप नेपाल आईपुग्यो

काठमाडौं । सरकारले चीनबाट किनेको कोरोनाविरूद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपाल बायुसेवा निगमको जहाजले उक्त खोप शुक्रबार बिहान काठमाडौं ल्याइपुर्‍याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

सरकारले चीनबाट भेरोसेल खोप ल्याएको हो। खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो । ६० वर्ष उमेर समूहकालाई उक्त खोप लगाउने सरकारको तयारी छ । 

थप खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ। असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ। खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल तालिका छ। 

प्रतिक्रिया दिनुहोस