काठमाडौं । भूमि व्यवस्थापन विभागले घरमै बसेर सेयर खरिद बिक्री गरे झैं जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने अभ्यास सुरु गरेको छ। आगामि वर्षदेखि देशको कुनै ठाउँबाट यो प्रणाली सुरु गरी एक दुई वर्षमै देशभर लागु गर्ने भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। ‘आगामि आर्थिक वर्षभित्र देशको न कुनै ठाउँमा यो प्रणाली लागु गर्छौं,’ पौडेलले भने।
उक्त प्रणालीलाई अघि बढाउन विभागले बुधबारदेखि देशका १ सय २६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली प्रारम्भ गरेको छ। यसअघि अनलाइन प्रणालीमा नजोडिएका डोल्पा, मुगु, रुकुम पश्चिम, मनाङ, मझगवा रुपन्देही, मजुवाबजार गुल्मी, सिर्दिबास गोर्खा र खोटाङ बजारस्थित ८ मालपोत कार्यालयमा भर्चुअल माध्यमबाट भूअभिलेख सूचना व्यवस्थापन प्रणाली ९एलआर आइएमएस० शुभारम्भ गरिएका छन्।
गत वर्षसम्म १०८ मालपोत कार्यालयहरूमा अनलाईन प्रणाली सञ्चालन गरिएको थियो । बाँकि १८ वटा मालपोत कार्यालय चालु आवमा यो सेवा विस्तार गरिएको हो । २०७२ साल साउन २५ गते पहिलोपटक मालपोत कार्यालय कलंकीबाट सुरु गरिएको अनलाइन सेवा बुधबारदेखि देशभर पुगेको छ। कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २५ असार २०७८, ०८ : १४
लेखकबाट थप