कालीगण्डकी डाइभर्सन मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १६ : ५८
कालीगण्डकी डाइभर्सन मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अधिवक्ता तुलसीराम पोखरेललगायतले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले संघीय र लुम्बिनी प्रदेश सरकारलाई साउन ४ गते छलफलका लागि बोलाएको हो ।

आदेशमा डाइभर्सनसम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजातसहित छलफलका लागि उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस