काठमाडौं । सार्वजनिक यातायात तथा बजार, पसल खुल्न थालेसँगै कोरोना सङ्क्रमण पुनः बढ्न थालेको छ । विगत २४ घण्टामा थप दुई हजार ६२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।
एक दिनअघि एक हजार ६०३ जनामा कोरोना पुष्टि भएको थियो। सोमबारको सङ्क्रमणसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ४६ हजार ३६७ पुगेको छ ।
यता एक सातादेखि उपत्यकालगायत देशभर लगाइएको निषेधाज्ञा विस्तारै हट्दै गइरहेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई हजार २११ जना निको भएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या छ लाख ११ हजार ४२९ पुगेको छ । यही अवधिमा मुलुकभर २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २४८ पुगेको छ । मन्त्रालयका अनुसार सात हजार ४९९ जनाको पीसीआर र चार हजार २८ जनाको एन्टिजेन विधिबाट गरी कुल ११ हजार ५२७ जनाको कोरोना परीक्षण भएको थियो।
सोमबार काठमाडौँमा ३७८, भक्तपुरमा ६० र ललितपुरमा १२४ गरी काठमाडौँ उपत्यकामा ५६१ जना सङ्क्रमित थपिएका छन् ।
देशभरका अस्पतालका आईसीयूमा ५७१ र भेन्टिलेटरमा १८० जना सङ्क्रमित उपचाररत छन् । त्यस्तै हालसम्म २६ लाख ११ हजार ८०७ जनामा कोरोनाविरुद्धको पहिलो मात्रा र सात लाख ५९ हजार ९५४ जनामा दोस्रो मात्रा खोप लगाइएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ असार २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो