नौ दिनदेखि बेपत्ता युवतीको शव भेटियो, उनले जब दिदीलाई फोन गरेर अपहरणमा परेकी जानकारी दिइन्...

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, ०७ : ४४
नौ दिनदेखि बेपत्ता युवतीको शव भेटियो, उनले जब दिदीलाई फोन गरेर अपहरणमा परेकी जानकारी दिइन्...

चितवन । चितवन राप्ती नगरपालिका ३ की बेपत्ता सुजाता भण्डारीको शव सामुदायिक वनमा भेटिएको छ । ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको हो ।

उनको शव परिवारले पहिचान गरेका चितवन प्रहरीले जनाएको छ । उनले अन्तिम पटक दिदीलाई फोन गरेर रुँदै आफू अपहरणमा परेको जानकारी गराएकी थिइन् । सुजता अपहरणमा परेकी जानकारी आएपछि घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।

परिवारका अनुसार बेपत्ता भएपछि फिरौती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क गरेको थिएन । प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक फेला पार्न सकेको थिएन । प्रहरीले अनुसन्धान गर्दागर्दै सामुदायिक वनमा सुजाताको शव गलेको अवस्थामा भेटिएको छ । वनमा च्याउ टिप्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस