सेवाग्राहीसँग घुस लिएको आरोपमा पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियर पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १८ : १३
सेवाग्राहीसँग घुस लिएको आरोपमा पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियर पक्राउ

काठमाडौं । राष्टिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत एक इन्जिनियर सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवानलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाको टोलीले नियन्त्रणमा लिएको हो ।

पासवानलाई भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ नगदसहित असार १५ गते नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

नियन्त्रणमा लिइएका पासवानलाई आवश्यक अनुसन्धानका लागि अख्तियारमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस