सरकारविरुद्धको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप, १५ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १८ : ०१
सरकारविरुद्धको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप, १५ जना पक्राउ

काठमाडौँ । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेको छ।

काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेको हो। मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत जलाइएको छ।

प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ। त्यसक्रममा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्री ओलीले संसद  विघटन गरेको विरोधमा विद्यार्थीहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस