सभामुखको वकिलले भने – ७६(५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश दिनुपर्छ

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १३ : २६
सभामुखको वकिलले भने – ७६(५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश दिनुपर्छ

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका निजी कानुन व्यवसायीले बहस गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले दिएको रिटमा सभामुखलाई पनि विपक्षी बनाइएकाले उनको बचाउमा कानून व्यवसायीले बहस गरेका छन् ।

सभामुख सापकोटा पनि प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेकाले उनका कानून व्यवसायीले रिट निवेदनमा माग गरेअनुसार नै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेका छन् ।

सभामुखको तर्फबाट बहस गर्दै अधिवक्ता मेघराज पोखरेलले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाको दाबी बैधानिक रहेकाले उनलाई प्रधानमन्त्री नियुक्ति गर्ने परमादेश जारी हुनुपर्ने बताए ।

‘१४६ जना अदालतमा उपस्थित भए । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ मा २ ३ जना उताउता भए । तर विश्वासको मत पाउने आधार त पुग्छ नि । अदालतले यसलाई मध्यनजर गर्नुपर्छ’ उनले भने ।

तर प्रधानन्यायाधीश जबराले संविधान अनुसार सरकार बन्न नसकेमा विघटनको व्यवस्था संविधानमै रहेको भन्दै फिक्स ट्रम पार्लियामेन्ट रहेको दावी नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस