वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई नै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थानका रुपमा विकास गर्न चितवनका राजनीतिक दलहरुको माग

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १८ : ३८
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई नै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थानका रुपमा विकास गर्न चितवनका राजनीतिक दलहरुको माग

चितवन । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेकोमा चितवनका राजनीतिक दलहरुले विरोध जनाएका छन् । नेपाल सरकारले भक्तपुर क्यान्सर अस्पतालमा अध्ययन संस्थान स्थापना गर्ने निर्णय गरेपछि चितवनका पाँच राजनीतिक दलहरुले गम्भिर आपत्ती जनाएका हुन् ।

आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा चितवनले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै सरकारको उक्त निर्णय सच्याइ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई नै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थानका रुपमा विकास गर्न माग गरेका हुन् ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्थापना कालदेखि नै क्यान्सर रोगको उपचारमा ६० प्रतिशत भन्दा बढि योगदान गर्दै आएको र सम्बन्धी ऐनमा नै अस्पताललाई अध्ययन, अनुसन्धान, निदान र उपचारको केन्द्र बनाउने उल्लेख भएकाले यसलाई नै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान बनाउनुपर्ने बताए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागिएको हो । 


 

प्रतिक्रिया दिनुहोस