शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्धारा स्वीकार

सोमबार, २६ चैत्र २०७४, ०८ : ४०
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्धारा स्वीकार

 

इश्लामावाद, पाकिस्तान । अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताउनु भएको छ ।
अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको भन्ने आफ्नो प्रस्तावलाई काबुलले गम्भीरताका साथ लिँदै यस बिषयमा सहमति जनाएको बताउनुभयो । उहाँको यो भनाई उहाँ भ्रमणबाट स्वदेश फर्केसँगै अफगानी राष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीसँगको भेटमा भएका बिषयबारे पत्रकारलाई जानकारी गराउने क्रममा आएका हुन् ।

अब्वासीले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग अफगानिस्तानमा कट्टरपन्थी धार्मिक समूहलाई राजनीतिक दलका रूपमा मान्यता दिन आग्रह गर्नुभएको र यसलाई उहाँले सकारात्मक रूपमा लिएको बताउनुभयो ।
तालिवान समूहले भने आधिकारिक रूपमा यसप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन यद्यपि काबुल सरकारसँग छलफल गर्नुपूर्व अमेरिकासँग वार्ता गर्ने दोहोराएका भनाइहरू अनौपचारिक रूपमा आएका बताइएको छ ।
सन् २०१५ मा सुरु भएको अफगान सरकार र तालिवानबीचको पहिलो प्रत्यक्ष शान्तिवार्ता पाकिस्तानको मध्यस्थतामा भएको थियो । तर तालिवान समूहका संस्थापक मुल्लाह मोहम्मद ओमारको मृत्युको खबरपछि वार्ता भाँडिएको थियो । (रासस/एपी)

प्रतिक्रिया दिनुहोस