दलित थाहा पाएकै कारण कोठा भाडा नदिने घरबेटी पक्राउ, तीन दिने म्याद लिएर अनुसन्धान सुरु

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, १० : ०६
दलित थाहा पाएकै कारण कोठा भाडा नदिने घरबेटी पक्राउ, तीन दिने म्याद लिएर अनुसन्धान सुरु

काठमाडौं । कोठा भाडा दिने सहमती गरिसकेपछि दलित थाहा पाएकै कारण  कोठा नदिने घरधनीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेर छुवाछुत विरुद्धको मुद्दामा तीन दिने म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् ।

आइतबार पक्राउ गरेर प्रहरीले उनीमाथि जातीय विभेद र छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान शुरु गरेको छ । जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस