गाजामा ‘इमान्दार व्यक्ति छैनन्’ : इजरायली रक्षामन्त्री

आइतबार, २५ चैत्र २०७४, २० : २५
गाजामा ‘इमान्दार व्यक्ति छैनन्’ : इजरायली रक्षामन्त्री

जेरुसेलम । प्यालेष्टिनी हमास समूहको नियन्त्रणमा रहेको गाजा क्षेत्रमा इजरायली सेनाको गोली लागि दर्जनौँ सर्वसाधारणको मृत्यु भएको र सयौँको सङ्ख्यामा प्रदर्शनकारी घाइते भएका खबर आइरहेका समय इजरायली रक्षामन्त्री अभिगडोर लेबरम्यानले गाजामा कुनै सिधा नागरिक नभएको बताएका छन् ।

विगत केही दिनको प्रदर्शनका क्रममा गाजा क्षेत्रमा एक पत्रकारसहित ३० जनाको मृत्यु भएको प्यालेष्टिनी पक्षको दावी छ ।

आइतबार एक इजरायली रेडियोसँगको कुराकानीमा रक्षामन्त्री लिबरम्यानले भने, “ गाजा क्षेत्रमा कुनै सिधा प्यालेष्टिनी छैनन् ।”

“गाजाको प्रत्येक व्यक्तिको कुनै न कुनै रूपमा हमास समूहसँग आवद्धता छ र उनीहरूले हमासबाट पारिश्रमिक पाउँछन् । सबै प्रदर्शनकारीले सीमानामा घुसपैठ गरेर इजरायललाई चुनौति दिन खोजिरहेका छन् ।”रासस

 

प्रतिक्रिया दिनुहोस