काठमाडौं । सरकारले विभिन्न ६ देशमा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गदै त्यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।
यि देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय भएको हो । वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने निर्णय पनि सिसिएमसीको बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
हवाई उडानमा नयाँ रेकर्ड : त्रिभुवन विमानस्थलबाट एकै दिन साढे पाँच सय उडान
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण भरतपुर र पोखराका उडान प्रभावित
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा