श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, ११ : ३४
श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार

वीरगञ्ज ।  रौतहटमा श्रीमानले श्रीमतीमाथि एसिड आक्रमण गरेका छन्। रौतहटको चन्द्रपुर नगरपापिलका वडा नम्बर ४ कि ३८ वर्षिय दिपिका वि.क.लाई उनकै श्रीमानले एसिड प्रहार गरेका हुन् ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने दीपक बिकले श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

शनिबार साँझ श्रीमान श्रीमतीबीच आपसी विवाद हुँदा झगडा भएको थियो। झगडा भएपछि दीपकले बाहिर गई बोतलमा एसिड भरेर ल्याई श्रीमतीमाथि प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

एसिड प्रहारबाट दीपिकाको बाँया हात खुट्टा र पेट जलेको छ। घाइते उनको चन्द्रपुरकै एपोलो सिटी हस्पिटलमा उपचार भइरहेको छ । लामिछानेका अनुसार श्रीमान श्रीमतीले चन्द्रपुरमै सुन चाँदीको गहना पसल खोलेर व्यापार गर्दै आएका थिए।

आफ्नै पसलबाट दीपकले एसिड ल्याएको हुन सक्ने उनको भनाइ छ। एसिड प्रहार गर्ने दीपकलाई नियन्त्रणमा लिई कानूनी कारबाही अघि बढाइएको तथा घटनाको समबन्धमा थप अनुसन्धान जारी रहेको लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस