इमरान खानका पूर्व सल्लाहकारमाथि बेलायतमा एसिड आक्रमण

सफल खबर संवाददाता

मंगलबार, १२ मंसिर २०८०, १३ : ०७
इमरान खानका पूर्व सल्लाहकारमाथि बेलायतमा एसिड आक्रमण

लण्डन । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानका सल्लाहकारमाथि बेलायतस्थित निवासबाहिर एसिड आक्रमण भएको छ । मिर्जा शहजाद अकबरले एसिड आँखामा पर्नबाट जोगिए पनि उनको शरीरमा भने चोट लागेको बताएका हुन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै अकबरले आक्रमणकारीहरूले एसिड फालेर भागेको जानकारी दिएका छन् । उनले यस्तो कार्यबाट आफू नडराएको र कदापि नझुक्ने बताएका छन् । उनले परिवारसहित पाकिस्तान छाडेर बेलायत आए पनि कयौँ धम्की आएको जानकारी दिए । उनले यस घटनामा को संलग्न हुन सक्छन् भन्ने चाहिँ खुलाएनन्।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताए पनि हालसम्म कसैलाई पक्राउ गरेको छैन । इमरान खानलाई गत वर्ष पदबाट हटाइएको थियो हाल उनी विभिन्न आरोपमा जेलमा रहेका छन् । खानले यसलाई राजनीतिबाट प्रेरित भएको बताउँदै आएका छन् भने  पाकिस्तानी अधिकारीहरूले उक्त आरोप अस्वीकार गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस