काठमाडौं । महोत्तरीको नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद आज बरामद गरेको हो ।
सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका बताइएको छ ।
झोला जाँच गर्दा सो परिमाणको नगद फेला परेको जिल्लाको जलेश्वर–५ स्थित सशस्त्र प्रहरी बल ९ नम्बर गण जलसागरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए । बरामद रकम भन्सार कार्यालय जलेश्वरमा दाखिला भएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २९ जेठ २०७८, २२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती, १०१ किलोमिटरमा अनुगमन गरिने
नेपाल-चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह
सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग