पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार रातिदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
विहीबार मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिँदा उनी अनुपस्थित थिए । यसैबीच, मुख्यमन्त्री गुरुङले उनलाई पदबाट मुक्त गरेका छन् । उनले आफैले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने गरी संविधानको धारा १६९ उपधारा (२) को खण्ड (ख) बमोजिम आजैका मितिदेखि लागु हुने गरी पदमुक्त गरेको पत्र प्रदेश प्रमुखसमक्ष पठाएका छन् ।
विहीबार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त भएका छन् । उनी कामचलाउ सरकारको मुख्यमन्त्रीमा सीमित भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने ६० सदस्यमध्ये उनको पक्षमा मात्र २७ मत परेको थियो । उनको सरकार टिकाइराख्न बहुमत अर्थात ३१ मत आवश्यक थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ जेठ २०७८, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिपक मनाङे प्रदेश सभामा नफर्कने निश्चित
दिपक मनाङेको राजीनामा स्वीकृत