चौधरी उद्योगको बियर प्लान्टमा लागेको आगो नियन्त्रणमा

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १३ : ४६
चौधरी उद्योगको बियर प्लान्टमा लागेको आगो नियन्त्रणमा

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ ।तीन घण्टा बढीको प्रयासपछि आगालागी नियन्त्रणमा आएको हो । आगालागी नियन्त्तण गर्न दुई वटा दमकल, सेना, सशस्त्र र जनपद प्रहरी, उद्योगका कर्मचारी र स्थानीयवासीले लगातार प्रयास गरेका थिए ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार बुधबार बिहान ८ बजेबाट उद्योगको वियर प्लान्ट र गोदाममा आगलागी भएको थियो । वियरका कार्टुनहरु भएका कारण आगो छिटो फैलिएको थियो । आगलागीबाट ठूलै क्षति भएको छ ।

आगलागीको कारण अहिलेसम्म थाहा नभएको पौडेलले बताए ।तर विद्युत सर्ट भएको अनुमान गरिएको छ । आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन् ।आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस