राष्ट्रपति भण्डारीद्वारा पुटिनलाई पत्राचार , खोप खरिदमा सहजीकरण गरिदिन आग्रह

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १४ : ५०
राष्ट्रपति भण्डारीद्वारा पुटिनलाई पत्राचार , खोप खरिदमा सहजीकरण गरिदिन आग्रह

काठमाडौं ।खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन् ।

राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई दिने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पत्र शुक्रबार नै दूतावासलाई उपलब्ध गराइएको छ ।

सरकारले यसअघि नै रुसले उत्पादन गरेको ‘स्पुतनिक भी’ खोप ल्याउन पहल गरिरहेको छ । उक्त खोपले नेपालमा प्रयोगका लागि आपतकालीन प्रयोगको लागि स्वीकृति प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस