काठमाडौं । सरकारले विद्युतीय सवारी साधनको उपयोगका लागि विशेष व्यवस्था गरेको छ।
पेट्रोलियम पदार्थको अत्यधिक आयात रोक्न र विद्युत उपभोग बढाउने गरी सरकारले यो योजना ल्याएको हो। आगामी आर्थिक वर्षमा १६०० मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने भएकाले विद्युत उपभोग बढाउन सरकारको नीति प्रभावकारी देखिनेछ।
आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव नियन्त्रण गर्न र स्वच्छ एवं वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्न विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गरिने उल्लेख गरे । त्यसका लागि सरकारले २०८८ सम्म पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ।
पेट्रोलियम सवारीलाई विद्युतीयमा विस्थापित गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गरिने र त्यसका लागि अवलम्बन गर्नुपर्ने नीति, छुट तथा सुविधा र पूर्वाधार विकासका सम्बन्धमा सुझाव दिन विज्ञसहितको कार्यदल गठन गरिने बजेटमा उल्लेख छ।
पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गरेमा पाँच वर्षसम्म नवीकरण शुल्क र सडक निर्माण तथा सम्भार दस्तुर छुट दिइने भएको छ, गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १६ जेठ २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण
विद्युतीय सवारीमा कर छुट नीति राजस्वमा प्रत्युत्पादक, ब्याट्री व्यवस्थापन चुनौतीपूर्ण