कोरोना कहरका बीच रगतको अभाव हुन नदिन वाइसिएल र अखिल क्रान्तिकारीको रक्तदान अभियान चितवनमा

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १३ : ५०
कोरोना कहरका बीच रगतको अभाव हुन नदिन वाइसिएल र अखिल क्रान्तिकारीको रक्तदान अभियान चितवनमा

चितवन । कोभिड–१९ महामारीको समयमा रगतको अभाव हुन नदिन वाइसियल नेपाल र अखिल क्रान्तिकारी चितवनले संयुक्त आयोजनामा रक्तदान कार्यक्रम संचालन गरेको छ ।

शनिवार भरतपुर महानगरपालिका वडा न ११ स्थित यूटेक कलेज परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष एम बहादुर परियारले रक्तदान कार्यक्रमको उद्धाटन गरेका थिए ।

सो अवसरमा अध्यक्ष परियारले महामारिको क्रममा बिरामीको उपचारका लागि रगतको अभाव नहोस् भनेर यूवा तथा विद्यार्थी संगठनहरूलाई रक्तदानका साथै मानविय सेवामा केन्द्रित हुन आह्वान गरिएको बताय ।

गणतन्त्र दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा  ६१ जनाले रक्तदान गरेका थिए ।

यसअघि वाईसियल चितवन र अखिल क्रान्तीकारी चितवनले वडा न १ को राममनगरमा समेत रक्तदान कार्यक्रम सम्पन्न गरेको र यस विषम् परिस्थिमा रक्तदान लगायतका मानविय सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने वाईसियल चितवनका अध्यक्ष मधु न्यौपानेले सफल खबरलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस