काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिएको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारलाई अनुरोध गर्दै सरकारलाई अहिलेको देशको स्थिती आँखा खोलेर हेर्न आग्रह गरेकी छन् ।
उनले स्ट्याटस लेख्दै भनेकी छन्, “अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिँदैन । यो अहिलेको प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र बुझ्न नसक्ने ?”
उनले महामारीमा जनताको दुख नबुझेको भन्दै सरकारप्रति आक्रोश गरेकी छन् । उनी लेख्छिन्, "अहिलेको नाजुक घडीमा ४० अर्ब चुनावमा खर्च गर्ने ? देश र जनतालाई साच्चै यही चाहिएको हो त यो समयमा ? बुझ पचाएर बस्ने ? अझै पनि आफूले आफुसँग नजर मिलाउन सक्छौ ? ए सरकार ? राति निन्द्रा राम्रो लाग्छ ? तिम्रो देश जलिरहेको छ। नेताहरू मरिरहेका छन्। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।"
उनले देश हाँक्ने शक्ति, देशलाई प्रगति र उन्नतीको मार्गमा लैजानु, इमानदारी र जिम्मेवारीका साथ देश र जनताको सेवा र सुरक्षा गर्नु सरकारको दायित्व होइन र ? भन्दै सरकारलाई प्रश्न गरेकी छन्
उनले दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको, अस्पताल, अक्सिजन र भेन्टिलेटरको अभावमा जनताले भोगेका दुख पाइरहेको समयमा अरबौँ खर्च गरेर चुनाव गर्नु उचित नहुने समेत जिकिर गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार दुर्घटनामा आफ्नो निधनको खबर फैलिएपछि प्रियङ्का कार्कीले भनिन्, ‘म सकुशल छु’
गीत ‘कालोकालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक