युवा व्यवसायी ,समाजसेवी पुरु खनालद्धारा प्रेस संगठन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १५ : १७
युवा व्यवसायी ,समाजसेवी पुरु खनालद्धारा प्रेस संगठन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग

चितवन । चितवनका युवा व्यवसायी तथा समाजसेवी पुरु खनालले प्रेस संगठन नेपाल चितवन शाखालाई स्वास्थ्य समाग्री सहयोग गरेका छन् । गएको जेठ ९ गते परेको आफ्नो जन्मदिनको अवसरमा घोषणा गरेको स्वास्थ्य सामाग्री आज प्रेस संंगठनको कार्यालयमै आएर हस्तान्तरण गरे।

एचएण्डएस ग्रुपका अध्यक्ष समेत रहेका खनालले आज प्रेस संगठनको कार्यालयमा संगठनका केन्द्रिय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष प्रकाशमणी  ज्ञवाली, सचिव राजेन्द्र आचार्य र सदस्य उर्गेन तामाङ्गको उपस्थितमिा पाच हजार  पिस सर्जिकल माक्स र एक सय थान सेनिटाईजर सहयोग हस्तान्तरण गरेका हुन। 

६० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका खनालले कोभिडको समयमा अग्रभागमा रहेर काम गरिरहेका पत्रकारलाई सहयोग गर्न पाउदा खुसी लागेको बताउदै आवश्यक परे थप सहयोग गर्ने पनि बताए । स्वास्थ्य सामाग्री बुझदै केन्द्रिय कोषाध्यक्ष अधिकारीले संकटको घडिमा स्वास्थ्य सामाग्री सहयोग प्राप्त हुनुमा सबै पत्रकारको लागि खुसीको कुरा भएको भन्दै खनाललाई धन्यवाद दिए ।

यस्तै चितवन शाखाका अध्यक्ष ज्ञवालीले प्राप्त सहयोग चितवनका सबै पत्रकारहरुको हातहातमा पुर्याइने बताए । कोरोना भाईरसको महामारीको समयमा व्यवसायी पनि आफै मारमा परेको समयमा पत्रकारलाई सम्झेर सहयोग गरेको संगठनको तर्फबाट आभार समेत व्यक्त गरे। खनाल उद्योग बाणिज्य संघ रत्ननगरका उपाध्यक्ष, नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश सदस्य, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका महासचिव लागयत विभिन्न दर्जन बढी संघसंस्थामा खनाल निरन्तर संक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस