अन्ततः जेलमै बस्नुपर्ने भयो अभिनेता सलमान खान

विहीबार, २२ चैत्र २०७४, १७ : २३
अन्ततः जेलमै बस्नुपर्ने भयो अभिनेता सलमान खान

काठमाडौं । बलिउड टाइगर सलमान खान अन्ततः जेलमै बस्नुपर्ने भएको छ । उनलाई राजस्थानको जोधपुर अदालतले २० वर्ष अघि कालो हरिण शिकार गरेको अभियोगमा विहीबार ५ वर्ष जेल सजाय सुनाएको छ । सरकारी वकिलले ६ वर्षको सजाय माग गरेका थिए ।

सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई केन्द्रीय कारागारमा राखिनेछ । २ वर्षसम्मको कैद सजाय पाएको बताइएको थियो । तर, अदालतले ५ वर्षको सजाय दियो । २ वर्षसम्मको सजाय हुँदा उनी धरौटीमा रिहा हुने सम्भावना थियो । उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

यता, केन्द्रीय कारागारमा उनलाई यौन उत्पीडक धार्मिक गुरू आशारामसँग राख्न सकिने अनुमान धेरैले गरेका छन् । यसको पुष्टि भने भएको छैन । आशाराम केन्द्रीय कारागारमा रहेका छन । यसअघि विभिन्न मितिमा सजाय भोग्दा सलमान सो कारागारमा एक हप्ताका लागि कैदी नम्बर ३४३ का रूपमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस