अधिवक्ता दिनेश त्रिपाठीको बहस : विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्री ?

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १३ : ५३
अधिवक्ता दिनेश त्रिपाठीको बहस : विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्री ?

काठमाडौं । अधिवक्ता दिनेश त्रिपाठीले पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको जिकर गरेका छन् । उनले अवहेलनाको आरोपमा प्रधानमन्त्रीमाथि पुर्जी काटिनुपर्ने समेत माग गरे । 

बिहीबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा उनले भने, ‘पुरानो फैसलाको पूर्णपाठ नआउँदै फेरि विघनन गरेर अदालतको अपहेलना प्रधानमन्त्रीबाट भयो । त्यसैले संसद् विघटन नभएको मानेर कामकारवाही सुरू गर्ने आदेश दिनुपर्छ ।’

उनले विश्वासको मत  गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ भन्ने प्रश्न गर्दै पहिले प्रधानमन्त्रीको पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत भएको जिकिर गरे । यसले कानूनी मान्यता पाउन नसक्ने समेत उनको जिकिर थियो । 

‘विश्वासको मत  गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ ? पहिले प्रधानमन्त्रीको पद खाली गर्नुपर्छ । पद खालि नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानूनी मान्यता पाउन सक्दैन’, उनले बहसका क्रममा भने ।

प्रतिक्रिया दिनुहोस