के छ राष्ट्रपतिद्वारा जारी गरिएको नागरिकता अध्यादेशमा ? (हेर्नुहोस पूर्ण पाठ सहित)

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, २० : ४८
के छ राष्ट्रपतिद्वारा जारी गरिएको नागरिकता अध्यादेशमा ? (हेर्नुहोस पूर्ण पाठ सहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई आफ्नो साथमा लिने प्रयास गरिरहेका बेला आएको नागरिकतासम्बन्धी अध्यादेशलाई धेरैले चासोका साथ हेरेका छन् ।

तर कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले भने संविधान र सर्वोच्च अदालतको आदेशअनुसार नै अध्यादेश आएको बताए । उनका अनुसार अध्यादेशले नागरिकतासम्बन्धी दुईवटा गाँठो फुकाएको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि प्रतिनिधि सभामै विचाराधीन अवस्थामा रहेकै बखत संसद् सञ्चालन हुँदा टुङ्गोमा नपुगेको विषयलाई सरकारले अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस