नेकपा एकीकृत पार्टी दर्ता गर्ने युवा नेता राई को हुन् ?

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १० : ५२
नेकपा एकीकृत पार्टी दर्ता गर्ने युवा नेता राई को हुन् ?

काठमाडौं । नेकपा एमालेका युवा नेता जीवन राई माधव नेपालनिकटका युवा नेता हुन् । उनले वैशाख ७ गते  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको पार्टी दर्ता गरेका छन् । 

माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका भनिरहँदा नेपालनिकटका युवा नेताले पार्टी दर्ता गरेपछि यतिबेला राजनीतिक वृत्तमा चर्चा छाएको छ । सोही पार्टी नै माधवकुमार नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको भए पनि राईले कसैसँग सल्लाह नगरी आफैँले पार्टी दर्ता गरेको दावी गरेका छन् । 

अनेरास्ववियुमा नवीना लामाले जित्दा राई विपक्षी प्यानलबाट उपाध्यक्षमा पराजित भएका नेता हुन् । उनी पहिलेदेखि नै माधव नेपाल निकटमा दरिएका थिए । राईको गृहजिल्ला संखुवासभा हो । उनी एमालेभित्र जुझारु प्रखर युवा नेतामा गनिएका थिए ।  

प्रतिक्रिया दिनुहोस