तामाङ राष्ट्रिय मुक्ति मोर्चाले भन्यो, ‘राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार बनेको छर्लङ्ग भयो’

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, २० : ३८
तामाङ राष्ट्रिय मुक्ति मोर्चाले भन्यो, ‘राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार बनेको छर्लङ्ग भयो’

काठमाडौं । एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी पनि प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् । 

दोश्रोपटक संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि विज्ञप्ति निकाल्दै मोर्चाका संयोजक सुर्यमान दोङ लालध्वजले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई साथ दिएर राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार भएको बताएका हुन् । 

त्यस्तै दक्षिणपन्थी शक्तिको आड र इच्छामा ओलीले संसद विघटन गरेको भन्दै यसका विरुद्ध मोर्चा जस्तोसुकै आन्दोलनमा जाने विज्ञप्तिमा उल्लेख छ । 

‘धारा ७६ को उपधारा ५ अनुसार बहुमत सिद्ध गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने राष्ट्रपतिको संवैधानिक दायित्व हो ।

तर, यसअघि पनि संसदको असंवैधानिक विघटन गरी प्रतिगमनको बाटो समाततिसकेका प्रधानमन्त्री ओलीसँगको साँठगाँठमा नियोजित ढंगले संसद् विघटन गर्नुले राष्ट्रपति भण्डारी पनि प्रतिगमनको मतियार बनेको छर्लङ्ग भएको छ ।' विज्ञप्तिमा भनिएको छ । 

प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमको विरुद्धमा भइरहेको सबैखाले आन्दोलनमा आफूहरुको ऐक्येबद्धता रहेको भन्दै मोर्चाले देशभक्त अग्रगमनका पक्षधरताहरुलाई पनि डटेर आन्दोलन र प्रतिवादनमा उत्रिन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस