दिपक मनाङे पुन: मन्त्रीमा नियुक्त

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १७ : ००
दिपक मनाङे पुन: मन्त्रीमा नियुक्त

काठमाडौं । राजिव गुरुङ (दिपक मनाङे) पुनःमन्त्रीमा नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रतिपक्षले संसदमा अविश्वास प्रस्ताव ल्याएपछि सत्ता जोगाउनका लागि सांसद दिपक मनाङेलाई गत बैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । 

मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेदकुद मन्त्री बनाएका दिए । 

तर,मुख्यमन्त्री गुरुङले आफु बिरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताबमा मतदानहुनु भन्दा अघिल्लो दिन राजिनामा दिएपछि मनाङेको मन्त्रीपद १० दिनमै गुमेको थियो ।मुख्यमन्त्री गुरुङले १० दिन मात्र मन्त्री बनाएका मनाङे सहित ५ जनालाई बुधबार मन्त्रीमा नियुक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस