राष्ट्रियसभा उपनिर्वाचनको लागि हेटौंडा पुगे गृहमन्त्री ‘बादल’

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १५ : ०२
राष्ट्रियसभा उपनिर्वाचनको लागि हेटौंडा पुगे गृहमन्त्री ‘बादल’

काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनको चुनावी अभियानका लागि गृहमन्त्री ‘बादल’ बुधबार हेटौंडा पुगेका छन् ।राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनेका उनी बुधबार चितवनबाट स्थलमार्ग हुँदै हेटौंडा आइपुगेका हुन् ।

राष्ट्रियसभाको सदस्य पदका लागि बिहीबार हेटौंडामा उपनिर्वाचन हुँदैछ । सोही सिलसिलामा गृहमन्त्री थापा हेटौंमा आएका हुन् ।उपनिर्वाचनमा एमालेका उम्मेदवार बनेका गृहमन्त्री थापालाई एमाले पृष्ठभूमिकै अर्का उम्मेदवार डा. खिमलाल देवकोटाले चुनौती दिँदै आएका छन् ।

देवकोटालाई एमालेको खनाल–नेपालपक्षले उम्मेदवार बनाएको हो भने काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र–बाबुराम पक्षले समर्थन जनाएको छ ।

प्रतिक्रिया दिनुहोस