बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १२ : ४७
बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न आह्वान गरेका छन् ।

बुधबार अपिल जारी गर्दै ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न ओलीले चेतावनी पनि दिएका छन् ।

पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ ।

 

 


 

प्रतिक्रिया दिनुहोस