एमाले काभ्रेले बादलको पक्षमा उभिन लगायो ह्विप, माधव नेपाल पक्ष अन्यौलमा

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, १३ : ३९
एमाले काभ्रेले बादलको पक्षमा उभिन लगायो ह्विप, माधव नेपाल पक्ष अन्यौलमा

काभ्रेपलाञ्चोक । जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले काभ्रेले ह्विप लगाएको छ । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले  सूर्य चिन्हमा मतदान गर्न जनप्रतिनिधिलाई ह्वीप जारी गरेको हो ।

सूर्य चिन्ह लिएर पार्टीका आधिकारिक उम्मेदवार रामवहादुर थापा उम्मेदवार बनेका छन् । काभ्रे जिल्ला अध्यक्ष अशोक व्याञ्जुले यस्तो ह्विप जारी गरेका हुन् । सबै जनप्रतिनिधिलाई पार्टीको पक्षमा उभिन र बादललाई जिताउन आग्रह गरिएको जिल्ला अध्यक्ष व्यान्जुले बताए ।

माधव नेपाल पक्षले यसअघि नै कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । देवकोटाले उम्मेदवारी फिर्ता निलिने बताइसकेका छन् । एमालेमा विवाद समाधानको प्रयास भइरहेका बेला अब माधव नेपाल पक्ष कसरी अगाडि बढ्छ भन्ने अझै अन्यौल कायमै छ ।

प्रतिक्रिया दिनुहोस