मंगल ग्रहमा चिनियाँ रोबोटको सफल अवतरण

एजेन्सी

शनिबार, ०१ जेठ २०७८, ०८ : ३०
मंगल ग्रहमा चिनियाँ रोबोटको सफल अवतरण

एजेन्सी । चीनले अन्तरिक्षमा प्रक्षेपण गरेको यान जुरोङ्ग मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको छ । यो प्रक्षेपणलाई सफलतापुर्वक अवतरण गर्नुलाई चीनको ठुलो सफलता भएको मानिएको छ । 

सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमा गरेपछि रोबोट मंगल ग्रहमा अवतरण भएको चीनले जनाएको छ । यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो । शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हाँसिल गर्ने विश्वको दोस्रो देश बनेको हो ।

चिनियाँ रोबोटमा ६ वटा चक्का रहेका छन् । सो रोवर मंगल ग्रहको उत्तरी गोलार्धमा स्थिति युटोपिया प्लेनेशियामा गएको हो । मंगल ग्रहमा रोवर अवतरण गर्नु चीनका लागि ठूलो सफलता हो ।

बिहान ४ बजे अवतरण भएको रोबट तीस मिनेट मंगलग्रहको सतहमा बसेर अध्ययनपछि पुन पार्किङ अर्बिटमा फर्किएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस