ओली–नेपाल भेटवार्ता दिउँसो ४ बजे, वार्ता होला त सकरात्मक ?

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १३ : ५१
ओली–नेपाल भेटवार्ता दिउँसो ४ बजे, वार्ता होला त सकरात्मक ?

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दिउँसो चार बजे वार्ता हुने भएको छ।

उच्च स्रोतका अनुसार उनीहरुको वार्ताको स्थान गोप्य राखिएको छ। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको भाका सकिन केही घण्टा मात्रै बाँकी रहेका बेला ओलीले नेपाललाई फकाउने तीब्र प्रयास गरेका छन्।

तर नेपालको माग पुरा गर्न ओली तयार नहुने आकंलन गरिएको छ। आफना माग पुरा गर्न ओली तयार नभए आफूहरुले राजीनामा दिने र नयाँ पार्टी गठन गर्ने नेपाल पक्षका नेता भीम रावलले बताइसकेका छन्।

नेपाल पक्षले फागुन २८ गते आफू पक्षीय पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने ओलीको निर्णय फिर्ता हुनुपर्ने माग अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस