काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरी उपेन्द्र यातवलाई वैधता नदिन आग्रह गरेका छन् ।
उनीहरुले राष्ट्रपतिलाई जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भएकाले उपेन्द्र यादव अथवा अरु कोही आएको खण्डमा वैधता नदिन आग्रह गरेका थिए । राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दलको सर्मथनमा ससरकार गठन गर्न दिएको समय घर्किन लागेको छ ।
जसपाको उपेन्द्र यादव, बाबुराम पक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागेका छन् भने महन्थ र राजेन्द्र पक्ष देउवालाई प्रधानमन्त्री बनाउन सहयोग नगर्ने लाइनमा छन् । ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदा तटस्थ बसेको थियो भने उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा मतदान गरेको थियो ।
राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेकी छिन् । उक्त समय भोलि अबेर ९ बजे सकिँदै छ । ठाकुर पक्ष आधिकारिकताको विषय उठाएर विपक्षीलाई बहुमत पुग्न नदिने रणनीतिमा लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १५ : ५३
लेखकबाट थप