नेपालगञ्ज । बाँकेको नेपालगञ्ज मेडिकल कलेजको हाताभित्र कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि बिना बिल बिजक बिक्री गरेको पाएपछि सञ्चालकलाई दुई लाख जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मेडिकल कलेजको हाताभित्र सञ्चालित बुद्ध नेपालगञ्ज फार्मेसीले बिना बिल रेम्डेसिभिर औषधि बिक्रि गरेको पाइएपछि उपभोक्त संरक्षण ऐन २०७५ बमोजिम दुई लाख जरिवाना गरिएको हो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्थापन कार्यालय , वाणिज्य कार्यालय र उपभोक्ता संरक्षण मञ्च बाँकेको संयुक्त बजार अनुगमन टोलीले सोमबार नेपालगञ्जबाट ३८ सिलिण्डर अक्सिजन सिलिण्डर बरामद गरेको छ।
नेपालगञ्जका बिभिन्न स्थानमा अनावश्यक रुपमा मौजदात गरी राखिएको अवस्थामा फेला परेपछि ग्यास सिलिण्डर बरामद गरी जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, ०९ : ५३
लेखकबाट थप