काठमाडौं । विपक्षी गठबन्धन नयाँ सरकार बनाउनेबारे छलफलमा जुटेका छन् । सरकार गठनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सभापति देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरुको छलफल बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीले बिहीबारसम्मको समय दिएर नयाँ सरकारका निम्ति आह्वान गरेकी छन् ।
देउवा र प्रचण्डबीच पौने घण्टा जति कुराकानी भएको जनाइएको छ । सभापति देउवाले तीन दल कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी जसपाका नेताहरुको छलफल राखेका थिए । तर जसपा आन्तरिक रुपमा प्रष्ट नभएपछि देउवाले बैठक स्थगित गरेका छन् ।
तर, देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव टेलिफोन संवाद भने भइरहेको छ । जसपामा यादव र डा बाबुराम भट्टराई नयाँ सरकार गठनको पक्षमा छन् । तर महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीकै पक्षमा उभिएपछि जसपा प्रष्ट हुन सकेको छैन । जसपाको यो दुई धारबीच संवादको पहल भइरहेको स्रोतले जनाएको छ ।
जसपाको विवादका कारण संयुक्त बैठक स्थगित भएपछि सभापति देउवाले पदाधिकारी बैठक बूढानीलकण्ठमा बोलाएका छन् ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि आन्तरिक छलफलमा जुटेको छ । अहिले स्थायी कमिटी सदस्यहरुबीच भर्चुअल संवाद भइरहेको एक नेताले बताए ।
यो समूहका २८ सांसद सोमबार ओलीलाई विश्वासको मत दिन संसद गएका थिएनन् । आगामी कदमबारे छलफल गर्न यो समूह आन्तरिक छलफलमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ बैशाख २०७८, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता
रूसी सुरक्षा प्रमुख शोइगु र उत्तर कोरियाली नेता किमबिच भेटवार्ता
बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता
सभामुख घिमिरे र पाकिस्तानी राजदूत हासमीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र ओमनका विदेशमन्त्री अल्बुसाइदीबिच भेटवार्ता
मोदी र जेलेस्न्कीबीच भेटवार्ता