काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।
‘भौतिक रुपमा बस्न समस्या भएकाले भर्चुअल गर्ने कि के गर्ने भन्नेमा छलफल हुँदैछ । अपरान्ह २–३ बजे तिरको समय मिलाउने कुरा भएको छ’, ज्ञवालीको भनाइ छ ।
सो समूहका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका थिएनन् । त्यसपछि सोमबार राति नेता नेपालले विगतका काम कारबाहीका कारण ओलीलाई कुनै पनि हिसावले विश्वासको मत दिन उपयुक्त नदेखिएकाले मत नदिएको प्रस्टीकरण दिएका थिए ।
राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ बैशाख २०७८, १२ : १९
लेखकबाट थप