काठमाडौं । कोरोना संक्रमितको वैकल्पिक औषधीका रूपमा प्रयोग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ थप २ हजार भाइल नेपाल आएको छ ।
औषधी व्यवस्था विभागले सोमबार अस्पतालको सिफारिसमा गुगल फर्ममा आवश्यक जानकारी भरेर बिरामीको पूर्ण विवरण सहितको कागजात लिएर मात्र औषधी (रेम्डिसिभिर) उपलब्ध हुने जनाएको छ ।
संक्रमित व्यक्तिले चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ । बिरामीको पूर्ण विवरणसहितको सिफारिस लिएर जाने व्यक्तिको परिचयपत्र अनिवार्य हुनुपर्ने समेत विभागले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २८ बैशाख २०७८, ०७ : ५७
लेखकबाट थप