काठमाडौँ । प्रतिनिधिसभाका ४ सदस्य र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको संसद् सचिवालयले जनाएको छ ।
सभामुखसहित १ २८ जना सांसदको बुधबार पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत गरी ४८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।जम्मा ६०९ जनाको परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण भएको भेटिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, १२ : ५७
लेखकबाट थप