कर्णाली सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १३ : ०७
कर्णाली सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस  कोभिड १९ संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

‘विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले भनिन् ।

प्रतिक्रिया दिनुहोस