संक्रमण फैलिने दर डरलाग्दो

पत्रपत्रिकाबाट

शनिबार, १८ बैशाख २०७८, ०५ : ४९
संक्रमण फैलिने दर डरलाग्दो

काठमाडौं । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् ।

देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ ।

अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन् ।

केही कोभिड अस्पतालले भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै सूचनासमेत जारी गरेका छन् । गम्भीर संक्रमितका आफन्तले भेन्टिलेटर पाउन मृत्यु कि डिस्चार्ज कुनुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘भेन्टिलेटर पाउन त मृत्यु र डिस्चार्जमध्ये एउटा कुनुपर्ने रहेछ । राज्धानी दैनिकमा खबर छ ।