काठमाडौं । यातायात व्यवसायीले सरकारले गरेको विवेदपूर्ण निर्णय सच्याउन माग गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज एक विज्ञप्ति जारी गरी गुड्ने सवारी साधनलाई बन्द गरेर हवाईजहाजलाई सञ्चालन गर्न दिई सरकारले विवेदकारी निर्णय गरेको भन्दै उक्त निर्णय सच्याउन माग गर्नुभएको हो ।
“स्थल यातायातलाई पनि नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पूरा गरी निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस्,” महासचिव सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उहाँले नयाँ भेरियन्टको भाइरस चाँडै सर्ने र व्यापक रुपमा समुदायमा समेत फैलिने हुँदा ‘बाचौँ र बचाऔँ’ अभियानमा सरिक हुन सबैलाई आह्वानसमेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १५ बैशाख २०७८, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी
गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प